लमजुङमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

लमजुङमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

current mobile

लमजुङ।  मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको राईनास नगरपालिका वडा नं -८ विसौना निवासी ४६ वर्षीया कृष्ण कुमारी भुजेलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार साँझ आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर भुजेलको घटनास्थलमै मृत्यु भएको हो।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ