पोखरामा गाईको बाच्छी चोरेर काटेको अभियोगमा बाग्लुङका ३ जना* पक्राउ

पोखरामा गाईको बाच्छी चोरेर काटेको अभियोगमा बाग्लुङका ३ जना* पक्राउ

arrest

सांकेतिक तस्विर

पोखरामा गाई काटेको आरोपमा मंगलबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

बाग्लुङको निसीखोला गाँउपालिका ६ घर भई हाल पुरनचौर बस्नेहरु २८ वर्षीया असारी घर्ती मगर, २२ वर्षीय सबिन बुढा मगर र २१ वर्षीया अस्मिता बुढा मगर पक्राउ परेका हुन् ।

उनीहरुमाथि पोखरा- १९ पुरनचौरका स्थानीयको गाईको बाच्छी गोठबाट चोरेर लगी काटेको अभियोग लागेको छ ।

प्रहरीका अनुसार पुरुनचौरका ८३ वर्षीय केशर बहादुर अधिकारीले पालेको क्रस गाईको ३ वर्षको बाच्छी गोठबाट दाम्लो फुकाएर चोरी लगेको भन्ने खबर पाएपछि प्रहरी टोलीले खोजतलास गरेको थियो ।

उनीहरुलाई मंगलबार बिहान १० बजेको समयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ