नवलपरासीमा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग बन्द

नवलपरासीमा बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग बन्द

Badhi

नवलपरासी । लगातारको झरीका कारण आएको बाढीले नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर– ९ स्थित तेईस स्मृति पुल नजिक डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन गएराति बाढीले बगाएपछि राजमार्ग पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

यस्तै गैँडाकोट थुम्सी, भेडाबारी लगायतका ठाउँमा रहेका डाइभर्सनबाट समेत गाडी सञ्चालनमा कठिनाइ भएको छ । बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभर फ्लो’ भएकाले गाडी आवतजावत बन्द भएको हो ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको ठाउँ–ठाउँमा पहिरो गएको छ । प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

त्यस्तै नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन् । वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिरोका कारण क्षति भएको छ । तीन जना सामान्य घाइते भएका छन् ।

अविरल वर्षका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
अझै निरन्तर पानी परिरहेकाले जल सतह बढ्ने सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ