पोखरा । गण्डकन्यूज डटकमका प्रबन्ध निर्देशक गोविन्दप्रसाद देवकोटालाई मातृशोक परेको छ । देवकोटाकी ममतामयी आमा धनमाया देवकोटाको ७३ वर्षको उमेरमा विहीबार बेलुकी निधन भएको हो ।
पछिल्लो समय अस्वस्थ देवकोटाको पोखरा महानगरपालिका वडा नं. २१ कृस्ति स्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।
मातृशोकमा परेका निर्देशक देवकोटा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष, पोखरा जेसीजका पूर्व अध्यक्ष, सिद्धार्थ इन्स्योरेन्स पोखराका प्रबन्धक, लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२१ बी १ का जोन चेयर पर्सन पनि हुन् ।
स्वर्गीय देवकोटाको जन्म २००५ मा भएको हो । देवकोटाको शुक्रबार नै हिन्दु संस्कार अनुसार अन्तिम अन्त्येष्टि गरिएको छ ।
गण्डकन्यूज डटकमले प्रबन्ध निर्देशक गोविन्द प्रसाद देवकोटासहित दाइहरु कृष्ण देवकोटा, टीकाराम देवकोटाकी ममतामयी आमा धनमाया देवकोटाको ७३ वर्षको उमेरमा स्वर्गारोहण भएको खबरले मर्माहत भएको जनाउँदै श्रद्धाञ्जली व्यक्त गरेको छ । संस्थाका अध्यक्ष रञ्जन अधिकारीले आमाको बैकुण्ठ बासको कामना गर्दै देवकोटा परिवारमा हार्दिक समवेदना प्रकट गरेका छन् ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस