नवलपुरमा पहिरोमा परी एकै घरका तीन जना बेपत्ता

नवलपुरमा पहिरोमा परी एकै घरका तीन जना बेपत्ता

pahiro

नवलपुर । नवलपरासी पूर्वको हुप्सेकोट–४ माथिल्लो चारघरेमा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । शुक्रबार स्थानीय हस्तबहादुर पुलामीको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएका हुन् ।

५० वर्षीय हस्त बहादुर पुलामीलाई भने घाइते अवस्थामा स्थानीयले उद्दार गरेका छन् । स्थानीयहरुले उद्दार गरी हुप्सेकोट माध्यमिक बिद्यालय रुम्चीमा राखेको र उनको अवस्था मध्यम रहेको बताइएको छ ।

बेपत्ता हुनेमा हस्त बहादुरका श्रीमती ४० वर्षीया धन माया पुलामी र २ जना नातिनीहरु अन्दाजी ७ वर्षीया भुमिसरा पुलामी र अन्दाजी ६ वर्षीया देउमाया पुलामी रहेका छन् ।

पहिरोले घर पूर्ण रुपमा क्षति भएको छ ।

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रहरी उद्दार टोली घटनास्थलमा पुगेर उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ