गोरखामा एक सुत्केरीको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–६ चुम्चेतकी २५ वर्षीया हिसे डोमा लामाको समयमा उद्धार हुन नसक्दा बिहीबार मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन् ।
उद्धारका लागि गएको हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उनले बताइन्। बुधबार राति सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टरमार्फत उद्धारका लागि गाउँपालिकाले बिहीबार करिब १२ः३० जिल्ला प्रशासन कार्यालयमा खबर गरेका थिए ।
सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताइन्। उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिकप्टर झिकाउन नसकिएको उनको भनाइ छ ।
“प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो होला”, उनले भनिन्, “सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भए पनि सुत्केरी बचाउन सकिएन।” बाक्लो हुस्सुका कारण मन्त्रालयले पठाएको हेलिकप्टरसमेत अवतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाइ हुँदा सुत्केरीको ज्यान गएको उनको भनाइ छ ।
सडक सञ्जालसँग नजोडिएको उत्तरी गोरखाको सो गाउँपालिकामा प्रसव व्यथा लागेका महिलालाई हेलिकप्टरमार्फत सुत्केरी गराउन काठमाडौँ पठाउनुको अर्को विकल्प छैन ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस