होटलमा लगी पटक-पटक करणी गरेको आरोपमा म्याग्दीका १५ वर्षीय किशोर पक्राउ

होटलमा लगी पटक-पटक करणी गरेको आरोपमा म्याग्दीका १५ वर्षीय किशोर पक्राउ

men rape men

सांकेतिक फोटो

बेनी।  १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा  प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।

जिल्लाको मालिका गाउँपालिका वडा नं -५ बस्ने १५ वर्षीय किशोरलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

गत भदौ २ गतेदेखि १२ गतेसम  सदरमुकाम बेनी बजारस्थित होटल शिखर र होटल डल्फिनमा लगेर ती किशोरले पटक -पटक जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

म्याग्दीका प्रहरी प्रमुख श्याम कुमार राईका अनुसार ‘पीडित र पीडक दुवै नावालक भएकाले नाम खुलाउन नमिल्ने बताए ।  उनले गण्डक न्युजसँग भने -“दुवै जना नावालक छन्, यस विषयमा धेरै बोल्न मिलेन, घटनाका विषयमा अनुसन्धान हुँदैछ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds