कास्कीमा ठूलो मात्रामा तेजाब (एसिड) सहित ३ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका- ४ गैह्रापाटनबाट ग ३ च ११४३ को जिपमा १ हजार किलो र पोखरा २ मोहोरिया टोलस्थित अभिषेक औजार पसलबाट ३ सय ५० किलो एसिड बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।
पक्राउ पर्नेमा सवारी चालक बारा जितपुर सिमरा उप–महानगरपालिका १५ घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा ०४ बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, विराटनगर महानगरपालिका २ घर भई चितवन भरतपुर बस्ने २ बस्ने २९ वर्षीय केशव सिंह र बाग्लुङ नगरपालिका ७ ढिकीचौर घर भई हाल पोखरा २ मोहोरियाटोल बस्ने अभिषेक औजार पसलका सञ्चालक ६३ वर्षीय बलबहादुर विक छन् ।
पोखरामा भेटिएको तेजावमा शीलबन्दी र लेबलिङ नभएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हमालले जानकारी दिए । उनले एसिड कुन प्रायोजनका लागि ल्याइएको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।
बिना इजाजत तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ को दफा ८ र ९ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइराखेको प्रवक्ता हमालले जानकारी दिए ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो