लमजुङमा आगलागी हुँदा दम्पतीको मृत्यु

लमजुङमा आगलागी हुँदा दम्पतीको मृत्यु

aaglagi fire aago

लमजुङमा आगलागी हुँदा दम्पतीको निधन भएको छ ।

मंगलबार बिहान साढे १ बजेतिर मर्स्याङ्दी गाउँपालिका- ९ सेग्लेस्थित धन्सारमा बस्दै आएका दम्पतीको निधन भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय धर्मराज भन्डारी र उनकी श्रीमती पशुपती रहेको प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट धन्सार पूर्ण रुपमा जलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ