खुकुरी प्रहारबाट लमजुङमा २२ वर्षीय युवकको मृत्यु

खुकुरी प्रहारबाट लमजुङमा २२ वर्षीय युवकको मृत्यु

khukuri-prahar

खुकुरी प्रहारबाट लमजुङमा एक युवकको मृत्यु भएको छ।

सोमबार राति अन्दाजी १० बजेको समयमा राईनास नगरपालिका वडा नं -९ साततले बस्ने २५ वर्षीय सुरज थापाको खुकुरी प्रहारबाट सोही स्थान बस्ने २२ वर्षीय सुवेन आलेको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार खुकुरी प्रहारबाट सख्त घाइते भएका आलेलाई तत्काल उपचारका लागि भरतपुर पठाइएकोमा उनको बाटैमा मृत्यु भएको हो।

घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds