पोखरा। जबर्जस्ती यौन शोषण गराउन खोज्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -६ खहरेचोक र शान्तिनगरमा होटल तथा रेष्टुरेन्ट संचालन गरी महिलालाई ललाई फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर वाध्य पारी यौन शोषणमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोट जिल्ला तारेकश्वर गाउँपालिका वडा नं -४ स्थायी घर भइ हाल पोखरा -६ खहरेचोक बस्दै आएका २७ वर्षीय ‘विशाल’ भनिने विष्णु श्रेष्ठ र इलाम जिल्ला माई नगरपालिका -८ चिसापानी स्थायी घर भइ शान्तिनगरमा रेष्टुरेन्ट संचालन गरी बस्ने २८ वर्षीया अस्मिता राई रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
हमालका अनुसार श्रेष्ठले पोखरा -६ खहरे चोकस्थित होटल ‘लिटिल ह्यावेन’ संचालन गरी कुकको काममा लगाइदिने भन्दै महिलालाई जबर्जस्ती यौन शोषण गर्न वाध्य पारेको र राईले सोही वडाको शान्तिनगर स्थित ‘ए वान रेष्टुरेन्ट’ संचालन गरी वयटरको काममा लगाईदिने भन्दै महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको अभियोग छ।
उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट तीन दिनको म्याद थप अनुमति लिएर मानव वेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धान शुरु गरिएको प्रवक्ता हमालले जानकारी दिए ।
हाल पीडित महिलाहरुलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा