पोखराको भलाममा बुधबार बेलुकीदेखि लगातार परेको भारी वर्षाले वितण्डा मच्चाएको छ। जनधनको क्षति भउको छ । स्थानिय भयभित छन् ।
पहिरोले भलामका ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ र उनकी पत्नी ३५ वर्षीया सुनमाया तामाङको ज्यान लियो । ३ वर्षका छोरा सन्तोष श्रेष्ठ वेपत्ता छन् । ९ वर्षिय छोरा राजकुमार घाइते भएका छन्।
भलाममा थप क्षति हुनबाट रोक्नका लागि उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताएका छन् । पाँच दर्जन बढी संख्यामा प्रहरी परिचालन भएको हमालले बताए ।
भलामको देउरालीस्थित दलित बस्ती सबैभन्दा बढी प्रभावित भएको छ । गाउँबीचमै पहिरो आइपुगेको छ । ढलेका रुखहरुको थुप्रो बनेको छ । त्यहाँ पुग्ने मोटरबाटो बिग्रिएको छ । खानेपानीको मुहान प्रभावित बनेको छ।
भलामको डाँडागाउँदेखि नै पहिरो झरेको अवस्था छ। पहिरोले देउरालीस्थित दलित वस्तीमा क्षति पुगेको छ। भलामबाट पत्रकार सूर्य बास्तोलाका अनुसार देउराली गाउँमा पानीको भल पसेर मानिसहरु विस्थापित छन् । दलित बस्तीमा मानवीय क्षति भने भएको छैन ।
स्थानिय हरिहर गुफा मुनी व्यावसायिक रुपमा संचालन गरेको एउटा कुखुराको खोरमा पहिरोका कारण क्षति पुगेको छ। पहिरोले कुखुराको खोर पुरिन गई करिब २५ सय जति कुखुरा नष्ट भएको छ । स्थानीय चिरञ्जीवी अधिकारीको बाख्राको गोठमा समेत क्षति पुगेको छ। पहिरोले अधिकारीको ६ वटा बाख्रा पुरेको बास्तोलाको भनाई छ ।




तस्वीरः पत्रकार सूर्य बास्तोला मार्फत्
सम्बन्धित खबर
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला