नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्ड सात दिनपछि दुईतर्फी सञ्चालन

नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्ड सात दिनपछि दुईतर्फी सञ्चालन

IMG_20210830_123546_thyCCjBcDB

नवलपरासी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व सडक खण्डमा दुईतर्फी नै गाडी चल्न थालेका छन् ।

गएको बिहीबार नवलपुरको गैँडाकोट–२३ स्मृति नजिक बाढीले डाइभर्सन बगाए पछि बन्द भएको सडक खण्ड सोमबारदेखि एकतर्फी खुलाइएको थियो। आजदेखि भने दुईतर्फी नै गाडी चल्न थालेको ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

गाडी वारपारका लागि नयाँ डाइभर्सन बनाए पनि पानी परिरहेकाले हिलो जम्दा दुईतर्फी गाडी चलाउन सकिएको थिएन । पानी पर्ने क्रम सोमबारदेखि रोकिएपछि हिलो भएको ठाउँमा मर्मत गरी बुधबार साँझबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ