पर्वतमा पहिरोः ५ जनाको मृत्यु, ३ बेपत्ता

पर्वतमा पहिरोः ५ जनाको मृत्यु, ३ बेपत्ता

parbat pahiro

फाइल फोटोः गत वर्ष पर्वतको दुर्लुङमा गएको पहिरो

पर्वत । पर्वतका विभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

लगातारको भारी वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका–३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै, कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेका छन् ।

त्यस्तै, मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ