तनहुँमा चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु

तनहुँमा चट्याङ लागेर २४ वर्षीय युवकको मृत्यु

chatyang photo

तनहुँ । तनहुँमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ ।

आज (शुक्रबार) बिहान चट्याङ लागेर भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा उनलाई चट्याङ लागेको हो ।

घाइते अवस्थामा उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएकोमा उनको मृत्यु भएको जनाइएको छ ।

विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल लगिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ