गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मोहन प्रसाद बास्तोलाले नेपाली काँग्रेस पार्टीको पोखरा महानगर कमिटि हाँक्न अघि बढेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पोखरा महानगरपालिकाको नगर सभापतिमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेसको तर्फबाट पोखरा महानगरपालिका वडा नं. ११ को नेतृत्व सम्हाल्दै आएका बास्तोलाले काँग्रेसलाई आउँदो स्थानिय चुनावमा पोखराको १ नं। पार्टीको रुपमा स्थापित गर्ने रणनीतिका साथ उम्मेद्वारी घोषणा गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
स्थानिय जनप्रतिनिधिका रुपमा पोखरा महानगरपालिकामा आइसकेपछि पोखरा महानगरपालिकाको विकास समिति संयोजक र वातावरण तथा विपद् व्यवस्थापन समितिको सभापतिको रुपमा ४ वर्ष काम गर्दा आफुले ३३ वटै वडामा पार्क निमार्ण, मठ मन्दिर तथा किरियापुत्री भवन निमार्ण तथा संरक्षणलाई जोड दिएको उनले बताए ।
महानगरपालिका भित्रको अनेकौं बेथितिहरुलाई चिर्न पनि काँग्रेस आगामी चुनावमा पहिलो पार्टी भएर आउनै पर्ने उनले बताए । आफू कुनै पनि गुट उपगुटमा रहेर नभई स्वतन्त्र रुपमा उम्मेद्वारी घोषणा गरेको पनि बास्तोलाले बताए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला