एक हप्तापछि एकतर्फी खुल्यो पर्वत-बागलुङ सडक

एक हप्तापछि एकतर्फी खुल्यो पर्वत-बागलुङ सडक

road

भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या भएको थियो । ३ दिनसम्म ठाउँठाउँमा विस्फोटक पदार्थ प्रयोग गरेर भए पनि वानवे खुलाएका छौं,’ पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भनिन् ।

करिब १२ किलोमिटर सडक पहिरो खसेपछि एक सातादेखि अवरुद्ध भएको थियो । सडक दुईतर्फी रुपमा नै सञ्चालन गर्न अझै केही दिन लाग्ने प्रजअ पाण्डेले बताइन् ।

पर्वत–बागलुङ सडक अवरुद्ध भएपछि बुधबारदेखि पर्वत, कार्कीनेटा हुँदै पोखरा आउने सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न थालिएको थियो । भदौ १७ गते आएको बाढी पहिरोले पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ