गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।
‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या भएको थियो । ३ दिनसम्म ठाउँठाउँमा विस्फोटक पदार्थ प्रयोग गरेर भए पनि वानवे खुलाएका छौं,’ पर्वतकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले भनिन् ।
करिब १२ किलोमिटर सडक पहिरो खसेपछि एक सातादेखि अवरुद्ध भएको थियो । सडक दुईतर्फी रुपमा नै सञ्चालन गर्न अझै केही दिन लाग्ने प्रजअ पाण्डेले बताइन् ।
पर्वत–बागलुङ सडक अवरुद्ध भएपछि बुधबारदेखि पर्वत, कार्कीनेटा हुँदै पोखरा आउने सडकलाई वैकल्पिक सडकका रुपमा प्रयोग गर्न थालिएको थियो । भदौ १७ गते आएको बाढी पहिरोले पर्वतमा एकै परिवारका ५ जनासहित ११ जनाले ज्यान गुमाएका थिए ।
सम्बन्धित खबर
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
एमाले बागलुङको अध्यक्षमा पुनः केसी, सर्वसम्मत कमिटी चयन
महिलाहरुको लागि उद्घोषण सम्बन्धी तालिम
एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी पूरा
बागलुङ नारायणस्थानमा निःशुल्क स्वास्थ्य शिविर, २३ सय बढी लाभान्वित
प्रेस सेन्टर नेपाल बागलुङद्वारा स्वर्गीय पत्रकार बिक्रमको परिवारलाई आर्थिक सहयोग
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग