एक अध्ययनका अनुसार रातमा बारम्बार बिउँझिने महिलाहरुको कम उमेरमा मृत्यु हुने सम्भावना धेरै हुन्छ । ८ हजार पुरुष र महिलाहरूमाथि गरिएको एक अनुसन्धानले उक्त तथ्य पत्ता लगाएको हो ।
अनुसन्धानकर्ताका अनुसार रातिमा बारम्बार निन्द्रा खुल्नुका विभिन्न कारणहरु हुन सक्छन् । यो मस्तिष्कको एक प्राकृतिक प्रक्रिया हो । हात गोडामा अचानक पीडा हुनु, दुख्नु, कुनै पनि प्रकारका ट्रमा वा सास फेर्न समस्या हुनु जस्ता समस्याले रातिमा निन्द्रा अचानक खुल्न सक्छ । यसका कारण पर्याप्त निदाउन सकिदैन । यसलाई ९गलअयलकअष्यगक धबपभागलिभकक० भनिन्छ ।
अष्ट्रेलियाको एडिलेड विश्वविद्यालयको नेतृत्वमा गरिएको अनुसन्धानमा यस्तो समस्या बारम्बार हुनुको पछाडि उच्च रक्तचाप वा अन्य स्वास्थ्यसम्बन्धी समस्या भएको पत्ता लागेको छ । अनुसन्धानको क्रममा तीनवटा अलग–लगत डाटाको प्रयोग गरिएको थियो । सहभागीहरुलाई एक रातभर निदाउँदा स्लीप ट्र्याकर लगाइएको थियो । सहभागी सबैलाई राति कति समय निदाउने र कति समयको लागि बिउँझिने भन्ने कुराको ख्याल राखिएको थियो । सहभागीहरुलाई ६ देखि ११ वर्षसम्म यो प्रक्रियाको विषयमा ध्यान दिएका थिए ।
उक्त अनुसन्धानका प्रमुख तथा लेखक एसोसिएट प्रोफेसर माथियास बोमर्ट र उनका सहयोगीहरुले पुरुषको तुलनामा महिलाहरु बढी बिउँझिने गरेको पत्ता लगाएको बताएका छन् । जसले गर्दा महिलाहरु हृदयरोगका कारण सानो उमेरमा नै ज्यान गुमाउँछन् । जुन महिला रातिमा धेरै बिउँझिन्छन् उनीहरुको सानो उमेरमा नै मृत्यु हुने सम्भावना ६० देखि १०० प्रतिशत हुन्छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह