स्याउ फार्ममा काम गर्दै आएका गुरुङ मर्स्याङ्दी किनारमा मृत अवस्थामा फेला

स्याउ फार्ममा काम गर्दै आएका गुरुङ मर्स्याङ्दी किनारमा मृत अवस्थामा फेला

dead

मनाङमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको निस्याङ गाउँपालिका वडा नं -४ स्थित मर्स्याङ्दी नदिको किनारमा घोप्टो परेको अवस्थामा गोरखा जिल्ला गण्डकी गाउँपालिका -२ घर भएका ४३ वर्षीय क्षेत्र बहादुर गुरुङको शव फेला परेको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिए।

केसीका अनुसार मंगलबार दिउँसो अन्दाजी १२ बजेको समयमा मर्स्याङ्दी नदिको किनारमा घोप्टो परेको अवस्थामा गुरुङ शव फेला परेको थियो।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले जाँचबुझ गर्ने क्रममा मृतक गुरुङ गत आइतबार देखि हराइरहेको र हाल सोही गाउँपालिका -५ मा रहेको सब्जे स्थित स्याउ फार्ममा काम गर्दै आएको खुलेको छ।

हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ