कृष्ण ठगी प्रकरणः २५ सय फिर्ता लिन पीडितहरु जिप्रकामा लाइन लाग्न थाले (भिडियो)

कृष्ण ठगी प्रकरणः २५ सय फिर्ता लिन पीडितहरु जिप्रकामा लाइन लाग्न थाले (भिडियो)

2500 line

पोखरा २७ तालचोकमा रहेको पिजी रियल स्टेट एण्ड जब लिंक नामक ठग कम्पनीबाट पीडित बनेकाहरु आफ्नो पैसा फिर्ता लिन जिल्ला प्रहरी कार्यालयमा लाइन लाग्न थालेका छन् ।

स्याङ्जा फेदीखोला–४ घर भएका २१ वर्षीय कृष्णप्रसाद पौडेलले सयौंलाई जागिर कन्फर्म भन्दै २५ सय लिएर ठगेका थिए । पौडेल अहिले कास्की प्रहरी हिरासतमा छन् । शुक्रबार नै शिशुवा प्रहरीले पक्राउ गरेको थियो ।

जिप्रका कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार पौडेललाई ठगी (आपराधिक लाभ, विश्वासघात) मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको छ । डिएसपी हमालले कृष्ण पौडेलबाट ठगिनेहरुले सप्रमाण कास्की प्रहरीमा उपस्थित भई जाहेरी दर्ता गर्न आग्रह गरेपछि प्रहरी गेटमा धर्ना दिएर बस्ने पीडितहरु अहिले लाइन बसेर पैसा पाउँ भनी निवेदन दिएको देखिन्छ ।

पीडित युवाहरूको दाबीलाई आधार मान्ने हो भने उनले ४५ सय बढीबाट जनही २५ सयको दरले मात्र पनि एक करोड १२ लाख भन्दा बढी ठगी गरेको देखिन्छ । पीडित युवाहरूकै अनुसार कतिपयलाई त उनले भिन्न भिन्न पदका लागि दुई÷तीन पटकसम्म पनि फारम भर्न लगाएर पैसा असुलेका छन् ।

धर्नामा २ सय बढी युवाहरु थिए तर अहिलेसम्म निवेदन दिनेको संख्या १०० पुगेको छ । मंगलबारसम्म प्रहरीकोमा ८३ जनाले आफू ठगिएको प्रमाण पेस गरेका छन् । बुधबारपनि यो क्रम जारी रहेको छ ।

प्रहरीले १०–१० जनाको टीममा बोलाएर प्रमाण संकलन गरी कागज बनाएर पीडितहरुलाई घर पठाएका छन् । १० जनाको कागजी प्रक्रिया पूरा गर्न नै एक घण्टासम्म लागेको भेटिएको छ । यसले गर्दा लाइन बस्नेहरु झण्झट मान्ने गरेका छन् । उनीहरुले प्रहरीलाई चाँडो गरिदिन पनि आग्रह गरेका छन् ।

डिएसपी हमालले ३ हप्ताभित्रमा जिप्रकामा आई निवेदन दिन आग्रह गरेका छन् । प्रमाण स्वरूप पौडेलले पैसा लिएको रसिद र कागजात प्रहरीसमक्ष पेस गर्न भनिएको छ । डिएसपी हमालले भने, ‘ यदि कोही आफू ठगिएको हुनुहुन्छ भने अबको तीन सातासम्म आएर हामीलाई सम्पर्क गरेर आफूसँग भएका प्रमाण पेस गर्न सक्नुहुन्छ ।’

डिएसपी हमालका अनुसार ठगिएकामध्ये ३ जनाको मात्र आइतबार जाहेरी लिइएको हो। कारबाही अघि बढाउन यही पर्याप्त रहेको उनको भनाई छ । ‘हामीले सबैलाई जाहेरी दिन पर्दैन भनेका छौँ, जाहेरी दिँदा खर्च हुन्छ बरु तपाईंहरूले ठगिएको प्रमाण स्वरूप बिल भौचर लगायतका कागजात पेस गर्नु भनेका छौँ ।’ उनले भने ।

हालसम्म भएको अनुसन्धानले पौडेलले सञ्चालन गरेको कम्पनी कानुनसम्मत रहेको पाइएको डिएसपी हमालको दाबी छ । हमालले भने, ‘हामीले अनुसन्धानका क्रममा लिएका कम्पनीका कागजात ओरिजिनल छन् । काम कानुनसम्मत नै गरेको हो । उनीहरूलाई जागिर मात्र लगाउन नसकेको हो ।’

उसले पीडितहरूलाई जागिर लगाइदिन्छु भनेर उल्लेख गरेका विभिन्न कम्पनीको बारेमा सम्बन्धित कम्पनीलाई पत्राचार गरिएको डिएसपी हमालको भनाइ छ । ती कम्पनी सञ्चालनमा रहे नरहेको र रहेको भए पौडेलले त्यस्ता कम्पनीसँग जागिर बारे सम्झौता गरे नगरेको भन्ने बारे सम्बन्धित कम्पनीले पत्राचारको जवाफ दिएपछि मात्र थाहा हुने डिएसपी हमालले उल्लेख गरेका छन् ।

पत्रकार अधिकारीमाथि भएको हातपात र घिमिरेमाथि दुर्व्यवहारको महासंघद्वारा भर्त्सना

कृष्णको कालो कर्तुतको कहानीः स्टार होटलमा मासुभात खुवाएर सयौँलाई खुलेआम ठगे [भिडियो]

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ