काठमाण्डौमा अनिश्चितकालका लागि निषेधाज्ञा थप : विद्यालय सञ्चालन गर्न नपाइने

काठमाण्डौमा अनिश्चितकालका लागि निषेधाज्ञा थप : विद्यालय सञ्चालन गर्न नपाइने

kathmandu

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निषेधाज्ञाकाे अवधि अनिश्चितकालका लागि थप गरेको छ । कार्यालयले आज एक विज्ञप्ति मार्फत असोज १ गतेबाट अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा थप गरेको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ । सञ्चालन गर्नै पर्ने अवस्थामा भने स्थानीय तहले अवस्थाको विश्लेषण गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ । भने, त्यस्तै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड अनिवार्य रूपमा पालना गर्न भनिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ