तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

minitruck-accident-1

File Photo

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना७ख ९२३७ नं.को ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षका चालकको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । सामान्य घाइते भएका बिकको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।

ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो । मृतकको शव दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ