तनहुँको बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका युवक पोखराका

तनहुँको बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका युवक पोखराका

death body

पोखरा । तनहुँको व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुने कास्कीको पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गौतमको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

डुम्रेबाट दमौलीतर्फ जाँदै गरेको ना७ख ९२३७ नम्बरको ट्रक आज बिहान साढे १२ बजे पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा खसरे दुर्घटना भएको थियो ।

ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक सामान्य घाइते भएका छन् । बिकको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ