माथिल्लो मनाङ, चामे र नासो गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन् । गत असार १ मा मर्स्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिरोले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।
सोही बाढीपहिरोले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार पछि सवारी सञ्चालनमा आएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिए ।
उनका अनुसार लमजुङको बेँसीसहरदेखि मनाङको नासोंको खोत्रोसम्म , चामे र माथिल्लो मनाङ ङिस्याङमा पनि सवारी सञ्चालन भएको छ । उनले सदरमुकाम चामेसम्म दशैँ अगावै यातायात सञ्चालन गरिने लक्ष्य रहेको बताए । “सडक मर्मत तथा सम्भारको भइरहेको छ । वर्षा भइरहेकाले समस्या छ ।” उनले भने, “वर्षा भइरहेको छ । एक ठाउँमा बनायो । अर्को स्थानमा भत्किने समस्याले अलि गाह्रो भएको छ ।”
सो सडक खण्डको एक सय सात किलोमिटरमध्ये लमजुङको बेंसीसहरदेखि नासों –१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ । त्यस्तै चामे गाउँपालिकामा स्थानीय सहितका सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उनले बताए ।
आयोजना प्रमुख पन्तका अनुसार सो सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ । उक्त सडक अन्तर्गत माथिल्लो र तल्लो मनाङलाई जोड्ने तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको जनाइएको छ ।
सम्बन्धित खबर
मनाङमा हिमपातबाट अलपत्र परेका ७५० जनाको उद्धार
मनाङमा यार्सा टिप्न गएका धादिङका आकाशको मृत्यु
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरू
मनाङ सदरमुकाम चामेमा पहिलो पटक पुग्यो बस
मनाङको फू गाउँमा सशस्त्रको ‘बीओपी’ राखिने
मनाङमा सार्वजनिक गाडी सञ्चालन हुने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’