गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा १७ छोरेपाटन स्थित शितलचौतारी नजिकै जमिन भासिदा दुई घर जोखिममा परेका छन् । विहीबार राति साढे १० बजेको समयमा स्थानिय बिमला बोगटी र डिलमाया गुरुङको घर अगाडि नै भासिएको हो ।
सिद्धार्थ राजमार्ग सडकदेखि १५ मिटर पर १२ वर्गमिटर जति जमिन भाँसिदा दुई घर उच्च जोखिममा परेका हुन् । सोलार पोलसहितको जमिन एक मिटर बढी भासिएको छ भने घरको पेटी समेत भत्किएको छ ।
विहीबार राति नजिकै रहेको अस्थायी प्रहरी पोष्टमा ड्युटी खटिएका प्रहरीले जमिन भासिएको देखेपछि सम्बन्धित घरधनीलाई खबर गरेको छोरेपाटन प्रहरी चौकीका प्रहरी नायव निरिक्षक महेन्द्र पौडेलले जानकारी दिए ।
व्यवसायिक प्रयोजनमा प्रयोग भएको उक्त घरहरुमा दुई वटा किराना पसल र दुई वटा भाडा पसल छन् । शुक्रबार पसलहरु बन्द गरिएका छन् । आकाशको पानीले थप क्षति नपुगोस् भन्ने हेतुले त्रिपालसमेत टाँगिएको वडाअध्यक्ष तीर्थराज अधिकारीले जनाए ।
घरधनी डिलमाया गुरुङले आफूहरु ठूलो पीडामा रहेको दुःखेसो पोख्दै घरलाई भत्कनबाट जोगाउन दीगो उपायका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएकी छन् । उनले भनिन् ‘जे भन्नु यही घर हो । घर अगाडि नै भ्वाङ परिहाल्यो । थप क्षति हुन नदिन तत्काल संरक्षणको उपाय अपनाई यो ठाउ जोगाउन आग्रह गर्दछु ।’
काँग्रेसका वडा सभापति देवराज आचार्यले उक्त क्षेत्र निकै जोखिममा रहेकोबारे आफूहरु जानकार रहेको र यसको संरक्षणका लागि स्थानिय सरकारलाई पहिल्यैदेखि ध्यानाकर्षण गराइरहेको बताए ।
बाटोको उत्तरतर्फ दामोदर कुनामा वर्षाको समयमा पानी जम्मा भएर ताल बन्ने र उक्त पानीको निकास नहुँदा भित्रभित्रै सोसेर जमिन कमजोर बनाएको छ । यसै वर्ष पनि वर्षामा २ पटकसम्म पानी जमेर ताल बनेको थियो । पानी नसुकुन्जेल दुई परिवार विस्थापित नै हुनुपर्ने बाध्यता छ ।
वर्षौंदेखिको यो समस्या समाधान भएको छैन । वडा अध्यक्ष अधिकारीले भने स्थानिय जनप्रतिनिधि आएसँगै पहिलो वर्ष २०७४ मै दामोदरकुनाबाट पानीलाई फुस्रेखोलामा पुग्ने गरी निकास लगिएको जिकिर गर्छन् ।
घर अगाडि नै खानेपानीको पाईप विछ्याउँदा पनि हेलचक्र्याईं भएको घरधनी बाला गुरुङको भनाई छ । उत्तरतर्फको पानीले निकास नपाएर घरमुनीको जमिन कमजोर भइरहेका बेला खानेपानीको पाइपले पनि समस्या थपेको उनको गुनासो छ । खानेपानीको ठूलो पाईपमा पानी आइरहने र त्यो जमिनभित्रै सोस्ने गरेकाले धरातल कमजोर बनेको उनको ठम्याई छ ।
घरका सदस्यहरुले जनप्रतिनिधि गम्भीर नभएको आरोपसमेत लगाए । विहीबार राति परेको खाल्डो पुर्ने कामका लागि वडाले गम्भिर ढंगले चासो नलिएको गुनासो उनीहरुको छ ।
यद्यपी, वडा अध्यक्ष अधिकारीले आफू विहान र अपरान्ह गरी दुई पटकसम्म भासिएको स्थानमा पुगी अवलोकन गरी आवश्यक काम गरेको बताए । उनले भने – ‘म आफै दुई पटक पुगेँ । पानी परिरहेको अवस्थामा भ्वाङ परेको खाल्डोबाट पानी नछिरोस् भनेर त्रिपाल टाँगेका छौँ । आज विश्वकर्मा पूजाको दिन भएर पनि जनशक्ति भएनन् । मेशिनरी चीजहरु पूजाआजामा भएको भनेर पाएनौँ । नत्र, खाल्डो परेको ठाउँको भूगोलको स्थिति हेरेर पुर्ने कि के गर्ने भन्ने योजना थियो । ढिला नगरी गर्नुपर्ने काम हामी गरिहाल्छौँ ।’
तीन साता अघि पोखरा महेन्द्रपुलमा पनि यसैगरी घरको पेटीमा नै असर पर्ने गरी भ्वाङ परेको थियो । त्यसपछि नदीपुर, लेकसाइड, लामाचौर, मालेपाटन लगायतका क्षेत्र पनि भासिएका थिए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा