टिकटक बनाउँदै रक गार्डेनको सेती खोँचमा पसेकी नवविवाहिताको शव एक हप्तापछि फेला

टिकटक बनाउँदै रक गार्डेनको सेती खोँचमा पसेकी नवविवाहिताको शव एक हप्तापछि फेला

pabitra_lamsal

तनहुँको रकगार्डेन स्थित सेती खोँचबाट वेपत्ता नवविवाहिता युवतीको शव ठ्याक्कै एक हप्तापछि आज फेला परेको छ ।

गत भदौ २९ गते मंगलबार दिउँसो टिकटक बनाउने भन्दै साथीहरुलाई मोबाइलमा भिडियो खिच्न लगाएर १९ वर्षीया युवती पवित्रा लम्साल सेती खोँचमा पसेकी थिइन् । त्यसपछि नदिमा हेलिएकी युवतीको शव आज मंगलबार भिमाद ७ स्थित नदी किनारमा फेला परेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका ८ लालिममा अंकल अण्टीसँग बस्दै आएकी उनको त्यसको ५ दिन अघि मात्र बिहे भएको थियो । दुल्हन फर्कन आएकी उनी बहिनी, साथीहरुसँग रकगार्डेन पुगेकी थिइन् ।

घटनाको बेला त्यहाँ दुई जना साथीहरु पनि थिए । उनी नदीमा खसेपछि प्रहरीलाई खबर गरिएको थियो । नदीतर्फ जादै गर्दा लम्साललाई साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक भिडियोमा सुनिन्छ । टिकटकमै उनको ती भिडियोहरु भाइरल भएका छन् । उनी जानाजान सेती खोँचमा पसेको देखिन्छ ।

नदीमा खसेर बेपत्ता लम्सालको प्रहरीले खोजी गरेको थियो । उनको शव आज बिहान अन्दाजी ९ बजे भिमाद नगरपालिका ७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

टिकटक बनाउन रकगार्डेनको सेती खोँचमा यसरी पसिन् युवती, भिडियो सार्वजनिक

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ