पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

पर्वतको पिपलटारीमा २१ बर्षिय युवकको शव फेला

death

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १०, पिपलटारीमा २१ बर्षिय युवकको शव फेला परेको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पिपलटारी बाँझखेतमा २१ बर्षिय सन्तोष मगरको शव फेला परेको हो ।

चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १६ ,आहाले घर भई पिपलटारीमा ब्स्दै आएका मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव मंगलबार बिहान ८.३० बजे फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारणबारे भने प्रहरीले उल्लेख गरेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds