बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ ।
हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो ।
कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि पूजा पाठका लागि खुला गर्ने निर्णय भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । उनले मंगलबार मुस्ताङमा बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले संक्रमण दर घटेको भन्दै मन्दिर खुला गर्ने निर्णय गरेको बताए ।
मुस्ताङ प्रबेश गर्नका लागि कोरोना परीक्षण गरेको पीसीआर परिक्षण रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश गर्न पाउने व्यवस्था गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पिसीआर गरेको ७ दिन र एन्टिजिन गरेको ७२ घण्टा भित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रबेश दिइने निर्णय भएको छ ।
कोरोना खोप लगाएका कर्मचारी तथा सर्वसाधारणले सहज प्रबेश पाउने छन् । सरकारले सहर बजारका पार्टी प्यालेसदेखि विभिन्न प्रतिष्ठान र विद्यालय सम्म खोल्ने निर्णय गरे पछि मुस्ताङमा समेत कोभिड–१९ संकट व्यवस्थापन समितिले ६ महिनाबाट बन्द रहेको मन्दिर खुला गर्ने निर्णय गरेको हो ।
सम्बन्धित खबर
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन