खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा खुल्यो, क्वारेन्टिन खुकुलो

खोपको मात्रा पूरा गरेका पर्यटकलाई अनअराइभल भिसा खुल्यो, क्वारेन्टिन खुकुलो

Tourists in Nepal

सरकारले काेराेना खोपको दुबै मात्रा पूरा गरेका र १४ दिन पूरा भएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने भएकाे छ । नयाँ आदेश अनुसार खोपको दुबै मात्रा पूरा गरेका विदेशी नागरिक क्वारेन्टीनमा पनि बस्न नपर्ने भएको छ ।

सरकारले जारी गरेको आदेश अनुसार ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट विदेश प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापन अनुसार अनअराइभल भिसा खुला गर्नुका साथै क्वारेन्टीन व्यवस्था हटाएको छ। यद्यपि खोपको मात्रा पूरा नगरेकाले सम्बन्धित मुलुककै कुटनीतिक नियोगमा भिसा लिनु पर्ने र १० दिन क्वारेन्टीन बस्नु पर्ने व्यवस्था यथावत रहेको जनाएको छ ।

विश्वभर कोरोना संक्रमणको महामारी फैलिएसँगै सरकारले २०७६ फागुनदेखि अनअराइभल भिसा बन्द गरेको थियो।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds