राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो

राष्ट्रपतिले बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो

bidya Bhandari

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट (विनियोजन विधेयक, २०७८) प्रमाणीकरण गरेकी छन् । बजेट प्रमाणीकरण गरेसँगै सरकारलाई संघीय सञ्चित कोषबाट खर्च गर्न पाउने बाटो खुलेको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति प्रकाशित गरेर विधेयक प्रमाणीकरण भएको जनाएको छ।

संघीय संसद्का दुवै सदनको बैठकबाट पारित बजेट प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए ।

बजेट पारित नहुँदा असोज १ गतेदेखि सरकारले बजेट खर्च गर्न पाएको थिएन। त्यस्तै, प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलबभत्ता रोकिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds