काठमाण्डौबाट भागेका बलात्कार आरोपी पोखराका युवक गगनगौंडाबाट पक्राउ

काठमाण्डौबाट भागेका बलात्कार आरोपी पोखराका युवक गगनगौंडाबाट पक्राउ

242272239_255520353160096_7273480714692827212_n

महानगरीय बृत जनसेवाबाट फरार रहेका थुनुवालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

जबर्जस्ती करणी सम्बन्धी मुद्धामा म्याद थपको लागि अदालत लैजाने क्रममा फरार भएका पोखरा महानगरपालिका -१४ मझेरीपाटन निवासी २४ वर्षीय निर्मल परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार परियार गत श्रावण २९ गते जबर्जस्ती करणी सम्बन्धी मुद्धामा म्याद थपको लागि अदालत लैजाने क्रममा बिचैमा भागी हालसम्म लुकुछिपी बस्दै आएका थिए।

बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई पोखरा -३० गगनगौंडाबाट पक्राउ गरेको हो।  पक्राउ परेका उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी बृत्त जनसेवा पठाईएको प्रवक्ता हमालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ