‘म अब श्रीपेच लगाएर राजा बन्छु’ भन्दै सिसा फुटाइसकेको अवस्थामा सेनाले देख्यो

‘म अब श्रीपेच लगाएर राजा बन्छु’ भन्दै सिसा फुटाइसकेको अवस्थामा सेनाले देख्यो

Shreepech (10)

नारायणहिटी संग्रहालयमा सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार संग्रहालय घुम्न छिरेका रुकुम पश्चिमका एक २५ वर्षे युवाले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतकाअनुसार रुकुम मुसिकोटका २५ बर्षका खेमबहादुर भण्डारी पक्राउ परेका हुन् । तत्काल सेनाले देखेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । सिसाले उनको हात पनि काटिएको बुझिएको छ ।

‘म अब श्रीपेच लगाएर राजा बन्छु भन्दै श्रीपेच फुटाएको भेटियो, लगत्तै प्रहरीले दरबारमार्ग प्रहरी वृत्तमा राखेर सोधपुछ भइरहेको छ’, प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds