तालिबानले अहिले मुलुक छाडेर भागेका मानिसहरु घर फिर्ता नआउँदासम्म उक्त घर भाडामा दिनुपर्ने बताएको छ । तालिबानले काबुलमा आफ्नो घर छाडेर भागेका मानिसहरुको घर भाडामा दिइने बताएको हो ।
अफगानिस्तानमा अहिले गम्भीर आर्थिक संकट देखिएको अवस्थामा तालिबानले यस्तो घोषणा गरेको हो । यसबाट हुने आम्दानी मुलुकको केन्द्रीय बैंकलाई दिइने तालिबानले बताएको छ ।
यसरी उठेको भाडा केन्द्रीय बैंकमा जम्मा हुनेछ । तर, घर मालिक फर्किएपछि भने उनीहरुले यसमध्येको केही हिस्सा पाउनेछन् । १५ अगष्टमा तालिबानले काबुललाई कब्जामा लिएसँगै हजारौं मानिसले मुलुक छाडेका छन् । यो क्रममा अमेरिका र उसका सेनाले मात्र एक लाखभन्दा धेरै मानिसको उद्धार गरेका थिए ।
तालिबानले बुधबार अरबी भाषाको ट्वीटर एकाउन्टबाट यस्तो घोषणा गरेको हो । यस्तै, प्रतिबन्धको कारण अफगानिस्तानमा मुद्रास्फीतिदर उच्च विन्दुमा पुगेको छ भने नगदको अभाव देखिएको छ ।तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै पश्चिमा मुलुकले अफगानिस्तानको अन्तर्राष्ट्रिय कोष फ्रिज गरेका छन् । यसमा मुलुकको केन्द्रीय बैंकको आईएमएफमा रहेको पुँजी पनि सामेल छ ।
-एजेन्सी
सम्बन्धित खबर
नेपाल-बंगलादेशसँग हाम्रो आन्दोलनको तुलना नगर्नुहोस्: दीपके
फ्रान्समा हिंसात्मक प्रदर्शन : १९औँ शताब्दीको ऐतिहासिक टाउन हल ध्वस्त
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
पाकिस्तानको खैबर पख्तुनख्वाका मुख्यमन्त्री हिरासतमा, गभर्नर शासन लागू
अस्ट्रेलियाको भिसामा अझै कडाइ, उतैबाट विद्यार्थीले थप भिसाको आवेदन दिन नपाइने
‘बालेन’को कालो चस्मा बन्यो द न्युयोर्क टाइम्सको हेडलाइन
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला