आगामी महिनादेखि अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खुल्ने भएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले अर्को महिनादेखि अस्ट्रेलियाको बोर्डर खोलिने जानकारी गराएका हुन्।
‘भ्याक्सिनको दुबै मात्रा ८० प्रतिशत पुरा हुनासाथ अस्ट्रेलियाको अन्तर्राष्ट्रिय बोर्डर खोलिनेछ र आगमनमा सहज बनाइँदै लगिनेछ। पहिलो चरणमा अस्ट्रेलियाका नागरिक र पीआरलाई प्राथमिकता दिइनेछ। उनीहरूले त्यसपछि एक साता होम क्वारेन्टाइनमा बस्नुपर्नेहुन्छ’, प्रधानमन्त्री मोरिसनले शुक्रबार पत्रकारसँग कुरा गर्दै भने, ‘त्यसपछि भ्याक्सीन लगाएका अस्ट्रेलियनको लागि बिदेश भ्रमणको पनि बाटो खुल्नेछ।’
न्युजिल्यान्डलगायत केही सुरक्षीत राष्ट्रसँग बीना क्वारेन्टाइन यात्राको वातावरण बनाउने प्रयासमा लागिपरेको प्रधानमन्त्री मोरिसनले बताए। यसको मुख्य उद्देस्य भनेको अस्ट्रेलिया र यहाँका नागरिकलाई पुरानै लयमा फर्काउनु भएको प्रधामन्त्री मोरिसनले भने।
‘हामी चिनियाँ भ्याक्सिन सिनोभ्याक्स र भारतीय खोप कोभिसिल्डलाई पनि मान्यता दिने क्रममा छौं। यसले अन्तर्राष्ट्रिय विद्यार्थी तथा वरपरका अन्य पर्यटकलाई समेत अस्ट्रेलिया आवागमनमा सहज हुने अनुमान गरिएको छ’, उनले भने।
अस्ट्रेलियाले यसअघि फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका र मोड्रेर्नालाई मात्र मान्यता दिँदै आएको थियो।
प्रधानमन्त्रीको शुक्रबारको भनाइपछि लाखौ संख्यामा अड्किएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा सहज हुने अपेक्षा गरिएको छ।
करिब ४५ हजार अस्ट्रेलियनसमेत विदेशमा अड्किएका छन।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’