पोखरामा तास खेलिरहेका १८ जना नगदसहित पक्राउ

पोखरामा तास खेलिरहेका १८ जना नगदसहित पक्राउ

पोखरामा तास खेलिरहेका १८ जनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका वडा नं -१९ गैरीखोर र सोही वडाको लामाचौरबाट तास खेलिरहेका उनीहरुलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।

तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा -१९ गैरीखोर बस्ने अन्नपूर्ण गाउँपालिका घर भएका ६२ वर्षीय याम गुरुङसहित नौ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुको साथबाट ३४ हजार ३७० रुपैयाँ वरामद गरेको छ।

यस्तै, लामाचौरस्थित हरिमायाँ पुनको घरमा तास खेलिरहेका नौ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। माछापुछ्रे गाउँपालिका घर भएका २७ वर्षीय राजु पुनसहित अन्य नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरुको साथबाट ४५ हजार ७ सय ५० रुपैयाँ वरामद गरेको छ। नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds