‘सुनको महल’ सार्वजनिक

‘सुनको महल’ सार्वजनिक

sunko mahal

पोखरा । गायक तथा मोडल दीपेन्द्र बुढा ठकुरीको ‘सुनको महल’ नामक सुगम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित कलाकारद्वय केकी अधिकारी र नीर शाहसहित दीपेन्द्र बुढा ठकुरीको समेत अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन गायक तथा संगीतकार अर्जुन थापाले गरेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै दीपेन्द्र बुढा ठकुरीले गीत आफ्नो वास्तविक जीवनसँग नजिक रहेको बताए । आफ्नो जीवनमा मात्र नभइ यो गीत अन्यको जीवनसँग पनि मेल खाने बताउँदै पोखरामा भिडियो सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । ठकुरीले यो गीतपछि अर्को भाग पनि आउने बताउँदै गीत संगीतप्रतिको झुकाव सानैदेखि रहेको र अहिले आएर त्यो सपना पूरा गर्न पाएको उल्लेख गरे । उनले दर्शक स्रोताको माया पाउने विश्वास व्यक्त गरे ।

नायिका केकी अधिकारीले यो टिमसँग काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै कलाकार ठकुरीलाई आफ्नो सपनाको गोरेटोमा हिँड्नु भएको र यसलाई निरन्तरता दिएर गीत संगीतको क्षेत्रमा योगदान दिन आग्रह गरिन् । कार्यक्रममा अधिकारी स्वास्थ्य समस्याका कारण भर्चुअल माध्यमबाट जोडिएकी थिइन् ।

निर्देशक अर्जुन थापाले कथाअनुसारको कलाकार छनौट गरी भिडियो राम्रो बनाउन कुनै कसर बाँकी नराखेको बताए । थापाले डिएमबिएस फिल्मस्सँग मिलेर यसै गीतको भाग २ निकाल्ने तयारीमा रहेको र आगामी दिनमा नेपाली चलचित्र बनाउने योजना रहेको समेत बताए ।

 उक्त भिडियो डिएमबिएस फिल्मस् प्रोडक्सनले निर्माण गरेको हो भने ओएसआर डिजिटलको प्रस्तुति रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds