एमसीसी पास गर्न तीन निजी क्षेत्रका अग्रणी संस्थाको आग्रह

एमसीसी पास गर्न तीन निजी क्षेत्रका अग्रणी संस्थाको आग्रह

mcc-mca-Millennium-Challenge-Corporation

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन गर्नुपर्ने पक्षमा निजी क्षेत्रका तीनवटा संस्था उभिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले आर्थिक विकासको लागि एमसिसी चाहिने बताएका हुन् ।

उनीहरुले सरकार, राजनीतिक दल र सरोकारवालाहरुलाई एमसीसी विकास केन्द्रित भएकाले तत्काल सहमति जुटाएर पास गर्न भनेका हुन्। एमसीसी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालासमक्ष उनीहरुले आग्रह गरेका हुन्।

नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गरे उच्च आर्थिक वृद्धिलाई सघाउ पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ।

सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ