अल्फान्जोको तेस्रो वार्षिकोत्सवमा सविन राईको लाइभ कन्सर्ट हुने

अल्फान्जोको तेस्रो वार्षिकोत्सवमा सविन राईको लाइभ कन्सर्ट हुने

forCOVER news gv watermark

पोखरा । पोखराको पामे खपौदीस्थित अल्फान्जो रिसोर्टमा चर्चित गायक सविन राई एण्ड फ्यारो व्याण्डको लाईभ कन्सर्ट हुने भएको छ ।

रिसोर्टको तेस्रो वार्षिकोत्सवका अवसरमा यहि असोज २३ गते, आउने शनिबार साँझ ८ बजेदेखि नेपालकै चर्चित व्याण्ड तथा गायक राई एण्ड फ्यारो व्याण्डको लाईभ कन्सर्ट हुने अल्फान्जो रिसोर्टका प्रबन्ध निर्देशक सुवास भट्टराईले बताए ।

वार्षिकोत्सवकै अवसरमा अल्फान्जोले अत्याधुनिक प्रविधि अनुसारको साहसिक पिङ्, मनोरम फोटोजोन, सुविधायुक्त गेष्ट रुम, ट्री हाउस, स्वीमिङ पुल, प्राइभेट क्लव, प्रशस्त पार्किङ, समूहमा आउने ग्राहकहरुको लागि पोखरा भ्यालीभित्र निःशुल्क आउने जाने यातायातको व्यवस्था, विश्वसनीय सुरक्षा गार्डको व्यवस्था र खानाको परिकारमा फुल ग्रिल्ड फिसलगायत् विभिन्न परिकार थप गरिएको निर्देशक भट्टराईले जानकारी दिए ।

करिब २ सय ५० जना ग्राहकलाई एकै पटकमा सेवा प्रदान गर्न सक्ने गरी सञ्चालित यो रिसोर्टले करिब ४० जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ ।

रिसोर्टमा हरेक शुक्रबार र शनिबार लाइभ व्याण्डमार्फत सांगीतिक कार्यक्रमको साथमा बिहानदेखि रातिसम्म फोटोग्राफरको सेवा उपलब्ध रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ