पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा जब संकट पर्छ तब कांग्रेसमाथि थप जिम्मेबारी आइलाग्ने बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्वत, छठ तथा ईदको अवसर पारेर बिहीबार गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा उनले पार्टीको स्थापनाकालदेखि नै यो प्रक्रिया निरन्तर चलेको बताएका हुन् ।
गएको चुनावमा कम्युनिस्टले २ तिहाइ ल्याएपछि नेपाली कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेपछि उनीहरुबीचकै कलहले संवैधानिक संकट निम्तेपछि कांग्रेस अघि सर्नु परेको उनले बताए । उनले भने, ‘चुनावका बेला कांग्रेससँग अत्तालिएर अप्राकृतिक गठवन्धन बन्यो, सरकार बनेदेखि नै खटपट सुरु भयो, आखिर गठवन्धन टुटेर छाड्यो ।’ कांग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गर्दै उनले अहिले सरकारमा रहँदा झनै जिम्मेवारी थपिएको भनाइ राखे ।
२०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसकेको भन्दै त्यसका लागि पनि कांग्रेस नै अग्रसर हुनुपरेको स्मरण गरे । उनले भने, ‘विगतका घटनाहरुले हामीलाई पाठ सिकाएका छन्, विकास र समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने रहेछ ।’ मुलुकमा भएका सबै खालका परिवर्तनका लागि कांग्रेसकै नेतृत्वदायी भूमिका महत्वपूण रहेको पनि उनले दोहो-याए।
कांग्रेस अहिले १४ औं महाधिवेशनमा लागिरहँदा वडा, पालिका र हिमाली जिल्लामा चुनाव भइसकेको भन्दै उनले अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइए पनि यसलाई सहज रुपमा लिन उनले कार्यकर्तासँग आग्रह गरे । उनले भने, ‘जुझारु, सक्रिय, एक अर्काको अस्तित्व स्वीकार्ने कांग्रेस बनाएर अगाडि बढ्नुहोस, यही शुभकामना छ ।’
कास्की कांग्रेसको चिप्लेढुंगास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेश मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, कास्की सभापति कृष्ण केसी सहित नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
नगर सभापति सुरेन्द्र बिजुक्छेले कांग्रेस संस्थापक बिपी कोइरालाले सुरु गरेको चियापान समारोहलाई जिल्ला र पालिकास्तरसम्म पनि निरन्तरता दिइएको बताए । आपसी भाइचार स्थापना र संगठन सुधारका लागि यस्ता कार्यक्रम फलदायी हुने उनको भनाइ थियो । कार्यक्रममा नगर उपसभापति प्रयागराज भण्डारी, सचिव टुबराज बास्तोलाले शुभकामनासहित भनाइ राखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर