नेपाल भारतसँग १–० ले पराजित, तर शीर्षस्थानमा कायमै

नेपाल भारतसँग १–० ले पराजित, तर शीर्षस्थानमा कायमै

ind nep

साफ च्याम्पियनसिप २०२१ को तेस्रो खेलमा नेपाली टोली भारतसँग पराजित भएको छ । पूरै डिफेन्सिभ खेलेको नेपाल अन्तिमतिर सम्हालिन सकेन । खेलको अन्त्यतिर सुनिल क्षेत्रीले गोल गरेपछि नेपाल १-० ले पराजित हुन पुगेको हो ।

नेपालका गोलकिपर किरण चेमजोङे भारतको धेरै पेहार विफल पारे । तर, अन्तिममा रक्षापंक्तिसँग तालमेल नमिल्दा बल पोष्टमा छिरकेो किरणलाई पत्तै भएन । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए ।

यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपालको यो पहिलो हार हो । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ।

बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरे नेपाल फाइनल प्रवेश गर्नेछ । नेपाल बंगलादेशसँग पराजित भएको खण्डमा भने प्रतियोगिताबाट बाहिरिनेछ । नेपालले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेपछि भारत र माल्दिभ्सको विजेता फाइनल प्रवेश गर्नेछ । बराबरीले माल्दिभ्स फाइनल पुग्नेछ ।

आज भारतविरुद्ध खेलमा प्रशिक्षक अलमुताइरीले केहि रक्षात्मक रणनीति अपनाउँदै मनिष डाँगीलाई एकल फरवार्डको रुपमा उतारेका थिए। उनलाई सुमन लामा र सुजल श्रेष्ठले विंगमा साथ दिए । त्यस्तै मिडफिल्डमा तेज तामाङ र पुजन उपरकोटीको जोडी थियो । डिफेन्समा अनन्त तामाङ, रोहित चन्द, दीनेश राजवंशी, गौतम श्रेष्ठ र सुमन अर्याल रहंदा गोलरक्षकमा कप्तान किरण चेम्जोङ खेलेका थिए ।

दोस्रो हाफमा मनिषको स्थानमा अन्जन विष्टले आक्रमण सम्हाल्ने जिम्मेवारी पाएका थिए । ६० औं मिनेटमा सुजलको स्थानमा सुरज जिउ ठकुरी मैदान प्रवेश गरेका थिए । ८१ औं मिनेटमा सुमनको स्थानमा आयुष घलानले अवसर पाएका थिए ।

यस हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा कायम छ । दोस्रो स्थानमा ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ