Gandak News
Our News Your Views
Promote your business here Gandaknews

मुगुमा बस दुर्घटना : २८ जनाको मृत्यु, घाइतेको हेलिकप्टर मार्फत उद्धार

मुगुमा बस दुर्घटनामा परी २८ जनाले ज्यान गुमाएका छन् । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले यात्रुवाहक बस दुर्घटना हुँदा अहिलेसम्म २८ जनाको मृत्यु भएको जानकारी दिए ।

दुर्घटनामा मृत्तकको सङ्ख्या अझै बढ्न सक्ने उनकाे भनाइ छ । त्यस्तै दुर्घटनामा १४ जना घाइते भएको र घाइतेलाई उपचारको लागि हेलिकप्टरद्वारा नेपालगञ्ज पठाइएको प्रजिअ महतले बताए ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नंम्बरकाे यात्रुवाहक बस झ्यारीखोलामा दुर्घटना भएको थियाे । अहिले प्रहरी टोली र स्थानीयहरुको सहयोगमा घाइतेहरूकाे उद्धार भइरहेको उनले जानकारी दिए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस