रुपन्देहीको मोतिपुरमा आज राति १२ बजे देखि कर्फ्‍यू हट्ने

रुपन्देहीको मोतिपुरमा आज राति १२ बजे देखि कर्फ्‍यू हट्ने

Butwal_Jhadap

बुटवलको मोतिपुरमा रुपन्देही प्रशासनले लगाएको कर्फ्‍यू आज राति १२ बजे देखि हटाउने भएको छ ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले मंगलबार एक सूचना जारी गर्दै असोज २४ गते दिउसो ४ बजे देखि लगाईएको कर्फ्‍यू रातिको १२ पछि हटाइने जनाएका छन्।

कर्फ्‍यू लगाइएको तेस्रो दिनमा त्यहांको स्थिति सामान्य अवस्थामा फर्कन थालेको छ । कर्फ्‍यू हटाए पनि भदौ २८ गते देखि नै जारी गरिएको निशेधाज्ञा भने यथावत रहेको सूचनामा उल्लेख छ ।

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गत आइतवार प्रहरीसँगको झडपमा परेर ४ सर्वसाधारणको मृत्यु तथा प्रहरी सहित ७० जना भन्दा बढी सर्वसाधारण घाइते भए पछि प्रशासनले कर्फ्‍यू आदेश जारि गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ