अपडेट : मुगुमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो, १३ जना घाइते

अपडेट : मुगुमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुग्यो, १३ जना घाइते

accident

तस्बिर : सामाजिक संजाल

मंगलबार मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । जिल्लाको छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

मृतकमध्ये २८ जनाको घटनास्थलमा र अन्य चार जनाको उपचारका लागि नेपालगन्ज लगिएकाको मृत्यु भएको हो ।

घटनामा अन्य १३ जना घाइते भएका छन् । उनीहरूमध्ये १२ जनाको नेपालगन्ज र कोहलपुरमा उपचार भइरहेको छ । एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट गमगढी जाँदै गरेको भे–१ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो १ः५० बजेतिर मुगुको छायाँनाथ रारा नगरपालिका– ७ पिना तप्नेखोलामा दुर्घटनामा परेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ