साफ च्याम्पियनसिप : फाइनलमा पुग्न बंगलादेशविरुद्ध नेपालले कम्तिमा बराबरी खेल्नैपर्ने

साफ च्याम्पियनसिप : फाइनलमा पुग्न बंगलादेशविरुद्ध नेपालले कम्तिमा बराबरी खेल्नैपर्ने

saaf-champianship

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न आज नेपालले बंगलादेशको सामना गर्दैछ।

माल्दिभ्समा जारी १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्न आज नेपालले बंगलादेशविरुद्ध कम्तिमा बराबरी खेल्नु पर्ने छ। बंगलादेशलाई बराबरीमा मात्रै रोक्न सकेपनि नेपालले पहिलो पटक फाइनलको यात्रा तय गर्नेछ। अन्यथा बंगलादेशले जित्यो भनेचाहिँ नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ।

नेपालले पहिलो खेलमै घरेलु टोली माल्दिभ्सलाई १–० ले हराएको थियो । दोस्रोमा श्रीलंकालाई ३–२ ले हरायो । नेपालले आफ्नो खेलमा सतप्रतिशत नतिजा निकाल्नुका साथै अन्य टोलीको नतिजा पनि नेपालकै पक्षमा आएको थियो । तर, चीर प्रतिद्वन्द्वी भारतसँग रक्षात्मक रणनीति अपनाएर खेल्दा नेपालले भारतलाई १–० को नतिजा सुम्पियो । खेल सकिन सात मिनेट बाँकी हुँदा नेपाली मुलका सुनिल क्षेत्रीले गरेको गोल भारतको जितमा निर्णायक गरेका थिए।

नेपालले बंगलादेशसँग बराबरी खेले नेपालको सात अंक हुन्छ र फाइनलमा स्थान बनाउँनेछ । नेपाल बंगलादेशसँग हारेमा बंगलादेशले फाइनलमा स्थान बनाउँनेछ । भारत र माल्दिभ्स बराबरी खेलेमा माल्दिभ्सले फाइनलमा स्थान बनाउँछ । अथवा जसले जित्छ उसैले फाइनलमा स्थान बनाउँनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds