साफ च्याम्पियनसिप : पहिलोपटक नेपाल फाइनलमा प्रवेश

साफ च्याम्पियनसिप : पहिलोपटक नेपाल फाइनलमा प्रवेश

nepal

साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलसम्म नपुगेको नेपालले आजको खेलमा बंगलादेशसँग १-१ को बराबरी गरेर फाइनलमा प्रवेश गरेको हो । नेपालका लागि खेलको ८८ औँ मिनेटमा अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका हुन् ।

खेलको आठौँ मिनेटमा बंगलादेशले शुरुवाती अग्रता लिएपनि आजको खेलमा नेपाली टोली हाबी देखियो। दोस्रो हाफमा पनि शुरुवातदेखि लयमा देखिएको नेपालले केही काउन्टर अट्याकको प्रयास गरेपनि नतिजा निकाल्न भने सकेन ।

बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ।

अहिले राति ९:४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ। आजको खेलको विजेतासँगै नेपालको फाइनल प्रतिस्पर्धीको टुङ्गो लाग्नेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds