राजीनामा दिने प्रशिक्षक अल्मुताइरीको घोषणा

राजीनामा दिने प्रशिक्षक अल्मुताइरीको घोषणा

almutairi

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका छन् ।

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको खेलपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै अल्मुताइरीले पद त्यागको घोषणा गरेका हुन् । अल्मुताइरीले नेपाललाई साफको फाइनलमा पुर्राएर इतिहास रचेको र फाइनल आफ्नो अन्तिम खेल भएको बताए ।

‘मैले साफमा इतिहास बनाएँ । मैले एसिया कपको तेस्रो चरणमा छनोट गराएँ । आज नेपालले मात्र हैन दक्षिण एसियाली क्षेत्रले नेपाली टिमसँग गर्व गर्छ,’ प्रशिक्षक अल्मुताइरीले भने, ‘फाइनल खेल नेपाली राष्ट्रिय टिमसँग मेरो अन्तिम खेल हुनेछ । म त्यसपछि नेपाल फर्किन्न ।

राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल साफको फाइनलमा पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ