साफको फाइनलमा नेपालले भारतसँग खेल्ने, बदला लिँदै ईतिहास रच्ने अवसर

साफको फाइनलमा नेपालले भारतसँग खेल्ने, बदला लिँदै ईतिहास रच्ने अवसर

1634193225497

भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो । यस जितसँगै भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।

भारतले ४ खेलमा ८ अंक जोड्यो । अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ । लिगमा नेपाल भारतसँग १-० गाेलले पराजित भएकाे थियाेे । नेपालले यसकाे बदला लिँदैै पहिलाे पटक च्याम्पियन बन्ने तयारीमा छ । फाईनल खेल शनिवार नेपाली समय अनुसार ४:४५ बजे सुरु हुनेछ । नेपाल उपविजेता बन्दै फाइनल पुगेको हो ।

नेपालले बुधबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो । पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्यो ।

माल्दिभ्सले भने ६ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । यस्तै बंगलादेश ५ अंक जोडेर चौंथो र श्रीलंका १ अंक जोडेर पुछारमा रह्यो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ