साफ च्याम्पिएनसिफ २०२१ को उपाधि भारतलाई, नेपाल ३-० ले पराजित

साफ च्याम्पिएनसिफ २०२१ को उपाधि भारतलाई, नेपाल ३-० ले पराजित

india

साफ च्याम्पिएनसिप २०२१ को उपाधि भारतले जितेको छ।  शनिबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई ३-० ले पराजित गर्दै उपाधि जितेको छ।  यो जितसँगै भारतले ८ पटक साफको उपाधि उचालेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुको ४९ र ५० औँ मिनेट अर्थात् एक मिनेटको अन्तरमा भारतका कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले गोल गरेका हुन्।

दोस्रो हाफमा आक्रामक देखिएको नेपालले केही काउन्टर अट्याकको प्रयास गरेपनि नतिजा ल्याउन सकेन।

सन् २०१३ मा नेपालमा भएको साफमा भारतलाई २-१ ले पराजित गरेपनि त्यसयता भने भारतलाई हराउन सकेको छैन। नेपालले भारतविरुद्ध खेलेका (आजसहित) ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरी गरेको छ ।

१३ संस्करणमध्ये भारतले ८ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ