पोखरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

पोखरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

bike-accident

पोखरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

आइतबार दिउँसो पोखरा महानगरपालिका -२६ बुढीबजार स्थित ग १ च ६८७८ को जिपले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक कास्की मादी गाउँपालिका -५ मिजुरे निवासी ४७ वर्षीय सुर्यबहादुर क्षेत्री रहेका छन् । उनको घटनास्थलमै ज्यान गएको हो।

कास्की प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सन्दिप केसी गम्भीर घाइते छन् । प्रहरीले ठक्कर दिने जिपलाई नियन्त्रणमा लिएको छ भने, घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ