सिन्धुपाल्चोकबाट काठमाण्डौ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना, ३५ जना घाइते

सिन्धुपाल्चोकबाट काठमाण्डौ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना, ३५ जना घाइते

accidient

सिन्धुपाल्चोकबाट काठमाण्डौका लागि छुटेको यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।

जिल्लाको लिसंखुपाखर गाँउपालिकाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ३२६४ नम्बर को बस लामोसाँघु जिरी सडक खण्ड को ६ किलो नजिकै दुर्घटना भएको हो ।

बसमा सवार ३५ यात्रु घाइते भएका छन् भने सहचालकसहित चार जनाको अवस्था गम्भीर रहेको जिल्लाका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार घाइतेलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनामा अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको छ।  उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

दुर्घटनाको कारण बसको ब्रेक फेल भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ